बिहि त्वंकेगु जात्रापश्चात् दशैँमा हुने नवदुर्गाको जात्रा सम्पन्न हुने

0
265

  • नारायणमान वनमाला
    भक्तपुर, २४ असोज । सांस्कृतिक नगर भक्तपुरको विश्व प्रसिद्ध नवदुर्गा देवगणको ङालाकेगु जात्रालाई नेपालकै एक लामो जात्राको रूपमा लिइन्छ । हरेक वर्षझैँ यस वर्ष पनि दशैंमा नवदुर्गाको ख्वपा लः लायेगु (मकुन्डो हस्तान्तरण) जात्रा सँगसँगै असोज २५ गते भनपा वडा नं. ९ गर्छौं, टोलमा बिहि त्वंकेगु जात्रा गरी दशैँको जात्रा सम्पन्न हुँदै छ ।
    नवदुर्गा देवगणहरूमा खिँ, तं, क्यों, भैरव, महाकाली, बाराही, कुमारी, द्योम्मा पोमी, दातिम्हा पोमी, झिम्मा पोमी, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, नकीं, बालकुमारी, दुम्हा, सिम्हा र श्वेत भैरव हुन्छ । उक्त देवगणहरूममा १४. जना देवगणहरू, १ जना महिला र ४ जना साना बालकहरू हुन्छन् । बालकुमारी, दुम्हा, सिम्हा र श्वेत भैरव देवता साना बालकहरू हुन्छन् । बालकुमारी इन्द्रायणी देवीको सिम्हा दौपती र श्वेत भैरव इन्द्रको रूपमा प्रस्तुत हुने गर्छ । दुम्हा भीमसेन, भूमिमा प्रस्तुत हुने गर्दछ । श्वेत भैरव बन्ने साना बालक दसैँदेखि बिहि त्वंकिगु जात्रासम्म र भगस्तीको एक दिनमात्र देवगण बन्ने गरिन्छ । त्यसबाहेको अन्य जात्रा तथा ङालाकेगु जात्रामा श्वेत भैरवको जिम्मेवारी भैरव बन्ने देवगणले वहन गर्ने गरिन्छ ।
    वर्षको दशैंमा नवदुर्गा देवगणको जात्रा विहि त्वंकेगु जात्रापश्चात् यस आगपूजा सम्पन्न गरी तलेजु मन्दिर सम्पन्न हुन्छ । कार्तिक महिनाभरि चोकबाट पूजा जात्रा शुभारम्भ हुने गर्छ ।
    जात्रामा संलग्न हुँदा आर्थिक अवस्था अध्ययन गर्न नसक्ने, कुनै व्यवसाय वा कमजोर हुने, शैक्षिक क्षेत्रमा नियमित जागिर गर्न समय नमिल्ने, समयमा खानपान गर्न नसक्ने आदि समस्याहरुले गर्दा नयाँ पुस्तालाई यस संस्कृतिमा संलग्न गर्न कठिनाइ भएको देखिन्छ । यस्तै कारणले यस वर्षको श्वेत भैरव दुई वर्षको उमेरमा नै देवगणको भूमिका निभाउने बाध्यता रहेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here