भक्तपुर, १७ असोज । ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या आयोजक समितिको आयोजनामा शुक्रबार भक्तपुरमा सुकुन्दा ¥याली सम्पन्न भयो ।
सुकुन्दा र्यालीमा नेपालभाषा साहित्य तःमुंज्या मूल समितिका सदस्यहरू, तःमुंज्या आयोजक समितिका सदस्यहरू, स्थानीय दिदीबहिनी तथा दाजुभाइको उल्लेखनीय सहभागिता रह्यो । सुकुन्दा ¥यालीमा ख्वप साकोसको धाँ बाजा, लोकेश्वर साकोसको बाँसुरी बाजा र धाँ बाजा र भिन्तुना साकोसको बाँसुरी बाजाले सुकुन्दा ¥यालीलाई मनमोहक बनाएको थियो ।
¥याली सुरु हुनुअघि ४५ आँै नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या आयोजक समितिका संयोजक रवीन्द्र खर्बुजाले नेपालभाषा साहित्य तःमुंज्या असोज १८ र १९ गते इताछेँस्थित नपुखु क्षेत्रमा हुने भएकोले सम्पूर्ण महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा आयोजक समितिका सदस्य मञ्जु लाखाले सुकुन्दा ¥यालीमा सहभागी हुन हार्दिक अनुरोध गर्नुभयो । सुकुन्दा ¥याली नपुखु इताछेँ, दरबार स्क्वायर, चोछेँ, भोलाछेँ, महालक्ष्मीस्थान, सकोलान, दत्तात्रय, गोल्मढी, साकोथा, टौमढी, नासमना, वंशगोपाल, इताछेँ हुँदै नपुखुमा पुगेर सम्पन्न भएको थियो ।
४५ औँ नेपालभाषा साहित्य तःमुंज्याको प्रचारार्थ सुकुन्दा र्याली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















