भक्तपुर, असोज १७ । ४५ औं नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिले तःमुंज्याको प्रचारार्थ शुक्रबार दिउँसो ३ बजे सुकुन्दा र्याली गर्ने भएको छ ।
आयोजक स्थल न:पुखुबाट सुरु भइ गाइजात्रा प्रदक्षिणा मार्गमा सुकुन्दा र्याली हुने आयोजक समितिले जनाएको छ
तःमुंज्याको अघिल्लो दिन तःमुंज्याको सूचना टोल–टोलमा पुर्याउन उक्त र्याली गर्न लागेको हो । हरेक वर्ष विजया दशमीपछिको द्वादशी र त्रयोदशी तिथिमा हुने नेपालभाषा साहित्य तमुंज्या (साहित्य सम्मेलन) हुँदै आएको छ ।यस वर्ष नेपालभाषा साहित्य त:मुंज्या भक्तपुर नगरकाे वडा नं २ स्थित इताछे टोलको न:पुखुमा असाेज १८ र १९ मा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















