भक्तपुर, असोज १३ ।
४५ औ नेपाल भाषा साहित्य त:मुंज्याको बैठक तथा तयारी सम्बन्धमा रबिन्द्र खर्बुजाको अध्यक्षतामा बैठक तथा भेला सम्पन्न भयो | कार्यक्रममा आयोजक समिती संयोजक रबिन्द्र खर्बुजाले विभिन्न समितिको कार्य प्रस्तुतीबारे आभार ब्यक्त गर्दै बाँकी कार्य थप चालू राख्न अनुरोध गर्नु भयो |उहाँले कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न स्वंयममसेबक समिती चनाखो हुनु पर्छ भन्नू भयो| स्थल ब्यबस्थापन संयोजक श्याम सुन्दर मातांले त:मुंज्यामा सम्मानित हुने ब्यक्तित्व र त:मुज्याको मुखपत्रकोतयारी बारे जानकारी दिनु भयो | ४५औं त:मुंज्या आयोजक समिती सचिब राजन जतिले त:मुंज्या भब्य रुपमा सम्पन्न गर्न मंच बनाउने सभास्थल ब्यबस्थापन कार्यमा सम्बन्धित समितिका सथिहरु लागि परेको बताउदै प्रत्येक घरमा निमन्त्रणा कार्ड पुर्याउनुपर्छ भन्नू भयो |उहाले त:मुंज्या प्रचारार्थ असोज १७ गते महिलाहरुको सहभागितामा दिउँसो ३:०० बजे सुकुन्दा रायली हुने बताउनुभयो |
कार्यक्रममा प्रचार समिती संयोजक राजकुमार लघुले २०८२ असोज ७ गते त:मुंज्या प्रचारार्थ पत्रकार भेटघाट भएको र त्यहाँ प्राप्त भएका सल्लाह सुझाब प्रस्तुत गर्नु भयो | साँस्कृतिक समिती संयोजक रत्नकाजी नायभारिले सास्कृतीक टोलिको छनौट कार्य सम्पन्न भैसकेको जानकारी दिनु भयो |
साहित्य समिती सयोजक एल के सुन्दरले साहित्यिक प्रशिक्षणले ४० वटा साहित्य प्राप्त भएको र नयाँ पुस्ताबाट पनि साहित्य वाचनका लागि आएको बताउनुभयो |
कार्यक्रममा आर्थिक समिती संयोजक प्रनेश वाटी , महिला सहयोग समिती संयोजक तुल्शी लक्ष्मी बाटी ,अतिथी सत्कार संयोजक मन्जु लाखा, स्वयम् सेबक संयोजक राम सुन्दर सुजखु , स्वास्थ्य कर्मी संयोजक शर्मिला मानन्धर, र मंच ब्यबस्थापन संयोजक पुण्यराम स्वंगमिखा लगायतले आफनो समितिको तयारीबारे बिस्तृत जानकारी दिन्दै बाकी काम बारे बताउनु भयो |


















