भक्तपुर, असोज १२ ।
भ.न.पा. ४ वडा दुमलाचा युवा वचत समूहको आयोजनामा आईतबार दशैं शुभकामना आदान प्रदान तथा रक्तचाप, मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भयो ।
वडाध्यक्ष उपेन्द्र सुवालले वडा समितिले गर्दै आइरहेको विभिन्न गतिविधिबारे जानकारी दिंदै योजना छनौटका लागि वडाबासीहरुबाट प्राप्त राय सुझाव अनुसार सम्पदा निर्माणका कार्यहरु हुँदै आएकोे, पोखरी, ढुङ्गेधारा, पाटी मर्मत् मंगलतिर्थ जाने बाटोका लागि १० लाख बजेटमा काम हुन लागेको र केटामरु घाचामा पुल निर्माण गर्न १ करोड ३५ लाखको बजेट तर्जुमा भएको बताउनु भयो । फोहरमैला व्यवस्थापन गर्न जनताको करबाट जम्मा २ करोड मात्र उठ्ने भएतापनि नगरपालिकाले वर्षेनि १३ करोड खर्च गर्दै आउनु नमूना काम भएको चर्चा गर्नु भयो । सम्पदा निर्माण जनाताको श्रमदानबाट लागतभन्दा कम खर्चमा सम्पन्न गर्न सकेको उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराएको, ४ करोडको छात्रवृत्ति वितरण गरेको र नपाले अहिले सम्ममा १७ करोड भन्दा बढी रकमको शैक्षिक लोन दिइ सकेको उल्लेख गर्दै विदेश जानु नपर्ने गरी स्वदेशमै काम मामको बन्दोबस्त गर्न नसक्दा भाद्र २३ को जस्तो घटना दोहोरिएको धारणा व्यक्त गर्नु भयो । विकास निर्माण आफ्नै खुट्टामा उभिएर गर्नु पर्छ भन्ने राजनीतिक विचार अनुरुप जर्मन सरकारले भूकम्पको बेला सम्पदा निर्माण गर्न भनपालाई १ अरव ३५ करोडको सहयोग गर्ने कुरो अस्विकार गरी जनताकै सहयोगमा पुनःनिर्माण सम्भव बनाएर देखाएको स्पष्ट पार्नु भयो ।क
पूर्व कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले चाड पर्वको बेला रक्तचाप नाप्ने, स्वस्थ जाँच गर्ने काम सह्रायिन भएको बताउँदै खानपिन, शारिरीक व्यायाम, सरसफाईमा ध्यान दिन सके स्वस्थ जीवन जिउन सक्ने भन्नाइ राख्नु भयो । टिकाको दिन प्रत्येक घरबाट निस्किने फोहोर घर आँगनमा छरपष्ट हुने किसिमले नराखिकन नपाको गाडिमै राखेर व्यवस्थापन गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
स्थानीय हरिसुन्दर सुवालले पद, पैसा र सत्ता केन्द्रीत राजनीतिले जनताको सेवा गर्न नसकिने बताउँदै सामाजिक सञ्जाल बन्दको विरोधमा उठेको नयाँ पुस्ताको आन्दोलनमा खरवौ बराबरको सम्पदा नष्ट भएको बताउँदै भ्रष्टाचारीहरुको सम्पति जफत गरि राष्ट्रियकरण गर्नु पर्ने, वैदेशिक ऋण २७ खर्व कसरी पुग्यो जनताले हिसाव खोजेको अवस्थाको सिर्जना कसले गरे बुझ्नु पर्ने धारणा राख्दै अवसरको खोजीमा लाखौं युवा विदेशिन नपर्ने व्यवस्थाका लागि अघि बढ्नु पर्ने विचार व्यक्त गर्नु भयो । हामी नेपाल र बारबारा फाउण्डेशनजस्ता हजारौं एनजिओहरुमार्फत् अमेरिकीे साम्राज्यवादले नेपाल लगायत ५० औं देशहरुमा सरकार ढाल्ने काम गरिसकेको चर्चा गर्नु भयो ।
दुमलाचा युवा बचत समूहका सल्लाहकार राजेन्द्र माकले सामाजिक क्षेत्रमा सेवा गर्ने उद्धेश्यका साथ संस्थाले काम गर्दै जाने बताउँदै युवा पुस्तालाई देश र जनताको निम्ति निस्वार्थ सेवा गर्ने खालको राजनीति नसिकाउँदा देश नै नरहने स्थिति आएको धारणा राख्दै भावी पुस्तालाई सक्षम तुल्याउन आवश्यक सिपमूलक तालिम प्रदान गर्नु पर्ने आवश्यकता रहेको औंल्याउनु भयो ।
दुमलाचा युवा बचत समूहका निवर्तमान अध्यक्ष पञ्चरत्न सैंजूले सिद्धान्त विनाको देश र समाज अराजक हुने बताउँदै शोसनरहित समाजको वकालत गर्दै समाजमा राजनीतिक, सामाजिक र साँस्कृतिक सचेतना अभिवृद्धिका लागि काम गर्दै जानु पर्ने बताउनु भयो । वहाले दुमलाचा युवा बचत समुहको स्थापनाकालदेखि नै शोषणरहित समाजको वकालत गर्ने कामदार जनताको आवाज बुलन्द गर्दै देश,जनता र समाज परिवर्तन गर्न सामाजिक,साँस्कृतिक,आर्थिक र राजनैतिक मुल्य मान्यतालाई अगाडी बढाउन विभिन्न तालिम,सरसफाई,सचेतना कार्यक्रम,धार्मिक आस्थालाई कामदार जनताको हितमा उपयोग गर्न आफनो क्रियाशीलतालाई निरन्तरता दिईरहेको छ । देशको शासनसत्ता हातमा लिएर समृद्धिको सपना बाँड्ने कथित ठुला पार्टीको अकर्मण्यता, कुशासन, भ्रष्टाचार,बेरोजगारी,परनिर्भरताको कारण थुप्रिएको खरबौं बैदेशिक ऋणले समस्याग्रस्त देशलाई नयाँ युवा पुस्ताको विद्रोहको कारण राष्ट्रको अरर्बौ सम्पती नष्ट भएको तर पनि दम्भको राजनिति गर्ने कथित ठुला पार्टीलाई पाठ सिकाएको अवस्था छ । यस्तो विषम परिस्थितिमा देशको स्वाधिनता,शान्तीपुर्ण वातावरण तथा सुशासनको लागि युवा पुस्ताको महत्वपुर्ण भुमिका हुने कुरामा कसैको दुईमत छैन तर एउटा देशभक्तीपुर्ण विचार र सिद्धान्तविनाको कार्यदिशाले देश अराजकतामा रुमल्लिनेछ भन्ने कुरा वर्तमान देशको अवस्थाले बताउँछ भन्नुभयो । युवा समूहका अध्यक्ष राध्येश्याम सैंजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव दिपक जाकिबन्जार उपाध्यक्ष पूर्णचन्द्र जाकिबन्जारले पनि बोल्नु भएकोे उक्त कार्यक्रममा नब्बे जना सहभागीले ब्लड प्रेसर,सुगर(र्यान्दम) युरिन(केमिकल पि.एच.,ग्लुकोज र प्रोटिन)को निःशुल्क परीक्षण भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1


















