भक्तपुर, असोज १३ ।
४५ औं नेपाल भाषा साहित्य तःमुंज्या आयोजक समितिको आयोजनामा मजदुर, किसान, युवा र महिलाहरुको सहभागितामा सुर्यमढी,दत्तात्रय , इनाचो, गोलमढी सुकुढोका, साकोथा, टौमढी, नासमना ,बंशगोपाल, भार्वाचो र दुधपाटी लगायत भक्तपुरका मुख्य मुख्य बजारक्षेत्रमा प्रचार प्रसार तथा आर्थिक संकलन कार्य सम्पन्न भयो । कार्यक्रममा नेपाल भाषा साहित्य तःमुंज्याका उपाध्यक्ष श्यामसुन्दर मातां र प्रचार प्रसार संयोजक राजकुमार लघुले २०८२ साल असो्ज १८ र १९ गते दुई दिन विहान ११ बजेदेखि भक्तपुरको इताछें नःपुखु क्षेत्रमा हुने ४५ औ नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यबmममा सक्रिय सहभागिताका साथै आर्थिक सहयोग गर्नु अनुरोध गर्दै विभिन्न तप्का जनताबाट सक्दो आर्थिक सहयो्ग गर्न अनुरोध गर्नु भएको थियो । कार्यक्रममा स्थाििनय ब्यवसायी, दाजुभाई तथा दिदी बहिनीहरुले स्वंमस्फुर्त आर्थिक सहयोग गर्दै कार्यक्रम सफलताको कामना ब्यक्त गर्नु भएको थियो ।
भक्तपुरको बजार क्षेत्रमा ४५औं नेपाल भाषा साहित्य तःमुंज्याको प्रचार प्रसार तथा आर्थिक संकलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1


















