विश्वकर्मा साकोसको साधारण सभा सम्पन्न

0
122


असोज ११, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रविन्द्र ज्याख्वाले समुदायमा आधारित सहकारी संस्थाहरुले समाजमा नागरिक भावना विकास गर्न अहम् भूमिका रहने बताउनु भयो ।
विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं वार्षिक साधारण सभामा मुख्य स्रोत व्यक्ति वडाध्यक्ष ज्याख्वले जेन जी युवाहरुको माग भ्रष्टाचार विरोधी र सुशासनका लागि भएता पनि देशको सार्वजनिक सम्पतिमा ठुलो क्षति पुग्नुमा नागरिक सामाजिक शिक्षाको अभाव रहेको बताउनु भयो । उहाँले चिनीयाँ सहकारीहरु संग नेपालका सहकारी संस्थाको तुलना गर्दै सदस्यहरुलाई आफु आवद्ध संस्थाको गतिविधिमा सहभागी भई संस्था मार्पmत आफनो र सामाजिक प्रगति गर्न सफल हुने र सहकारीको उधेश्यलाई सहकारी उत्पादन संग जोड्न सुझाव दिनु भयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरि बल्लले विद्यमान सहकारी ऐन, नियम तथा प्राधिकरणको निर्देशनहरुको संचालक समिति विभिन्न उप समितिहरुको भूमिका विषयक प्रशिक्षण दिनु भयो । संस्थाका अध्यक्ष शमशेर बहादुर ज्याख्वाको अध्यक्षतामा सम्पन्न उक्त सभावाट दुई जनालाई जेष्ठ सदस्य सम्मान र ६ जनालाई एसईई उत्तीर्ण सदस्यहरुलाई वधाई ज्ञापन र आ.व. २०८१।८२ को वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भिम बहादुर प्रजापतिको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको संयोजक कृष्ण प्रसाद लवजुले लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष अमर प्रजापति, सल्लाकार मन कुमार पछि, उपाध्यक्ष कृष्ण भाई ज्याख्वा र संचालक सदस्य पूण्यश्वरी ज्याख्वाले आआप्‌mनो विचार राख्नु भयो ।
हाल संस्थाको कुल शेयर सदस्य ६४५ एवं बाल बचतकर्ता १२२ जना र सम्पति तथा कारोवार रु ७ करोड ४७ लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here