शान–नान नगरपालिकाले ख्वप अस्पताललाई ल्याप्रोस्कोपी मेसिन उपहारस्वरुप हस्तान्तरण

0
271

भक्तपुर नगरपालिका र शान–नान नगरपालिकाबीच भगिनी सम्बन्धको नवीकरण सम्झौता सम्पन्न
शान–नान, चीन, असोज ४ गते ।
भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिच्याङ्ग स्वशासित क्षेत्र अन्तर्गतको शान–नान नगरपालिकाबीच भगिनी सम्बन्धको शनिबार एक समारोहबीच नवीकरण सम्झौता सम्पन्नभयो । सम्झौतामा भक्तपुर नगरपालिकाको तर्फबाट उपप्रमुख रजनी जोशी र शान–नान नगरपालिकाका उपप्रमुख चाङ्ग वेईले हस्ताक्षर गर्नुभयो ।
समारोहमा सम्बोधन गर्दै शान–नान नगरपालिकाका उपप्रमुख वेईले सिच्याङ्ग स्वायत्त क्षेत्र स्थापना भएको ६० औं वर्षगा“ठ र यालोङ्ग सा“स्कृतिक तथा पर्यटन महोत्सवको अवसरमा दुई नगरपालिकाबीच भगिनी सम्झौतामा हस्ताक्षर गर्न पाउनु खुशीको कुरा भएको बताउनुभयो । चीन र नेपाल इतिहासकालदेखि नै असल छिमेकी, असल साथी र असल साझेदार रहेको चर्चा गर्दै उहा“ले महोत्सवमा भक्तपुरको सहभागिताले अन्तर्राष्ट्रिय स्वरुपप्रदान गरेको र आपसी बुझाइ, मित्रता र विश्वासलाई प्रगाढ बनाउने दुर्लभ अवसर प्राप्त भएको बताउनुभयो ।
उहा“ले चिनिया राष्ट्रपति सि चिङ्गफिङ्गको भनाइ उद्धृत गर्दै भन्नुभयो, ‘विगत ७० वर्षमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र नेपालबीचको सम्बन्ध सर्धै आपसी सम्मान, समान व्यवहार र पारस्परिक सहयोगमा अडिग रहेको छ ।’
‘शान–नान तिब्बती सभ्यताको उद्गम स्थलहो । शान–नानशहर लामो इतिहास र समृद्ध संस्कृतिले भरिपूर्ण छ । यहा“ तिब्बतको पहिलो खेती योग्य जमिन, पहिलो दरबार र पहिलो मन्दिर पनि छ । यालोङ्ग संस्कृतिको जन्म यही भएको हो ।’ उपप्रमुख वेईले भन्नुभयो ।
उपप्रमुख वेईले दुई नगरपालिकाबीच संस्कृति, व्यापार, मानवीय आदानप्रदान र स्वास्थ्यको क्षेत्रमा सहकार्य बढ्दै गएको अवस्थामा अबका दिनमा विज्ञान, कृषि, वातावरण संरक्षण लगायतमा पनि अवसर र साझेदारी खोजिने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेपाली र तिब्बती जनताबीचको सम्बन्ध इतिहास जतिकै पुरानो भएको उल्लेख गर्दै आपसी सहयोग र साझाहितलाई ध्यानमा राखीभगिनी सम्बन्ध स्थापना भएको बताउनुभयो । नेपालमा भूकम्प र कोभिड महामारीको कठिन समयमा शान–नान नगरपालिकाबाट प्राप्त सहयोगको भक्तपुरबासी जनताले उच्च मूल्यांकन गरेको चर्चा गर्दै उहा“ले भन्नुभयो, ‘पूर्वाधार विकासमा साझेदारीसंगै दुवै देशका भाषा र साहित्यको अनुवाद, शैक्षिक अनुसन्धान र मानवीय संशाधन आदानप्रदान गर्न पाएमा दुवै देशका जनताको हित हुनेछ ।’
उपप्रमुख जोशीले भक्तपुरका मूर्त तथा अमूर्त सम्पदाहरुको संरक्षण तथा नया“ पुस्तामा सीप हस्तान्तरण भइरहेको जानकारी दि“दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन मार्गनिर्देश गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सिच्याङ्ग स्वशासित क्षेत्र स्थापनाको ६० औं वर्षगा“ठको अवसरमा भक्तपुर नगरपालिका र नेपाली जनताको तर्फबाट तिब्बती जनतामा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो । उहा“ले भक्तपुर नगरपालिकाबारे संक्षिप्तमा अवगत गराउनुभयो ।
समारोहमा शान–नान नगरपालिका शिक्षा शाखा प्रमुख सिरेन लुओबु, नगर वाणिज्य विभाग प्रमुख सुओ लाङ्ग रेन्चेङ्ग, पर्यटन तथा सा“स्कृतिक विभाग प्रमुख चेन शिङबी र नगर स्वास्थ्य उपसमितिका उपसचिव छिमी लाचेनले शाननान नगरका विकास निर्माण र सभ्यता विकासको विषयमा चर्चा गर्नुभयो ।
सोही समारोहमा शान–नान नगरपालिकाका उपप्रमुख चाङ्ग वेईले दुवै नगरबीचको मित्रताको प्रतीकको रुपमा भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पताललाई ल्याप्रोस्कोपी मेसिन उपहारस्वरुप हस्तान्तरण गर्नुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख जोशीले शान–नान नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै नेपाली जनताको उपचार सेवामा महत्वपूर्ण योगदान सावित हुने विश्वास व्यक्तगर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here