भक्तपुर, असोज १२ । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा छिकोङ महिला समुहका दिदीबहिनीहरु बिच बिजया दशमी २०८२, शुभ दिपावली, नेपाल सम्बत ११४५ तथा छठ पर्वको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम आइतबार सम्पन्न भयो
उक्त कार्यक्रममा वडा अध्यक्ष हरि प्रसाद बासुकलाले वडाबाट दिईरहेको सेवा सुबिधा र विकास निर्माण कार्यबारे जानकारी दिनुहुदै नेपाल मजदुर किसान पार्टीको नेतृत्व रहेको भक्तपुर नगरपालिकाले चुनावी घोषणापत्र अनुसार जनतालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको चर्चा गर्नु भयो ।
उहांले देशको राजनीतिक परिस्थितिबारे चर्चा गर्नुहुदै भदौ २३ र २४ गते भएको आन्दोलनमा जुन सार्वजनिक सम्पतिहरु आगजनी गरी नष्ट गर्नु राजनीतिक सहि दिशा निर्देशन नहुनुको परिणाम रहेको बताउनुभयो । जनतालाई देशमा कम्युनिष्ट नामधारीहरुले शासन गरेपनि जनतालाई सेवा दिनुको सटा भ्रष्टाचार, अनियमिता, घुसखोरी नातावाद जस्ता प्रवृतिले गर्दा आज राजनीति प्रति वितृष्णा बढिरहेकोले राजनीतिक दलहरुका नेताहरू घरघरबाट लखेटिने अवस्था आएको बताउनु भयो । उहाँले देशका युवा, महिला लगायत सबै जना राजनीतिप्रति सचेत हुनु पर्ने बताउनु भयो ।
वडा सदस्य मन्जु लाखाजुले बिजया दशमीको शुभकामना सँगै भोज भटेर सँगै खानपिनमा सचेत नभए सुगर, प्रेसरको रोगहरू बढ़ने भएकोले सहि खानपिनमा जोड दिनुपर्ने चर्चा गर्दै असोज १८ र १९ गते हुने ४५ औ नेपाल भाषा साहित्य तःमुज्यामा सबैको आर्थिक, भौतिक र नैतिक सहभागिताको लागि अनुरोध गर्नु भयो ।
समाजसेवी गणेश प्रसाद सुवालले महिला दिदीबहिनीहरू राजनीतिक रूपमा सचेत हुदै शरीर स्वस्थ्य हुन भ.न.पा द्वारा संचालित छिकोङ कार्यक्रमले
सहयोग पु–याएको चर्चा गर्दै निरन्तर छिकोङ़ व्यायाम भईरहनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा गीता लासिवाले पनि बोल्नु भएको थियो ।



















