युवा परिवर्तनको लागि गर्छन् नयाँ सृष्टि

0
278

सत्य राम कासिछ्वा

गुट उपगुटले ध्वस्त बनाउन लागेको त्यो नेपालय
अनियमितता र भ्रष्टाचार रोक्न नयाँ पुस्ताको उदय
शासनसत्ता चलाउनेहरु दक्षिणी सरकारप्रति बफादार
फर्केर आएको जस्तो लाग्यो नेपालमा देशभक्त ईमानदार

भ्रष्टाचार विरुद्ध हतियार विहिन त्यो युद्ध
आज अवस्था परिवर्तनमा जन्मेका छन् बुद्ध
युवा हुनुको आवश्यक छ र बारम्बार पुष्टि ?
युवा परिवर्तनको लागि गर्छन् नयाँ सृष्टि

सिंहदरबार, संसद भवन, अदालत जलाए
राष्ट्रियता र देशभक्तिपूर्ण भावनामा हराए
विश्वकै क्रान्तिमा भएको यो अदभूत
परिवर्तनमा स्वीकार्य छैन वैदेशिक दुत

बन्द नगराैं नयाँ पुस्ताको देशभक्त बोली
असहज हुन सक्छ जनताको जीवन भोलि
देश बाँडीचुँडी गर्नेहरुको षड्यन्त्र गर्नुछ चिरफार
समृद्ध देशको लागि रोक्ने विरुद्ध गर्नुछ उपचार

समृद्ध देशको लागि स्रोत साधनको खोजनीति
तिमीले गरेर बनाउनुछ देशभक्त युवा नीति
लथालिङ्गमा सचेत रहाैं वैदेशिक हस्तक्षेप विरुद्ध
एकले अर्कोलाई आक्षेप लगाई नबनाैं क्रुद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here