Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home कला र स‌स्कृति आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

आज वैशाख कृष्ण औँसी अर्थात मातातीर्थ औँसी । आजका दिन आमाको महत्वपूर्ण गुण सम्झने प्रेरणा प्राप्त गरी आमाप्रति रहेको श्रद्धा–भक्ति प्रकट गर्ने दिन भएकाले मातृऔँसी नामले प्रख्यात छ । यस दिन छोराछोरीले आमालाई हर्षपूर्वक मानमर्यादा गरी श्रद्धाका साथ मिठा–मिठा खानेकुरा खुवाइने परम्परा रहेको छ । यस कार्यद्वारा प्रसन्न भएकी आमाले प्रदान गरेको आशीर्वादको प्रभावले छोराछोरीलाई ठुलो फल प्राप्त हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । आमा नहुनेहरू यस दिन काठमाडौँको मातातीर्थ नामक तीर्थमा वा अन्य तीर्थादिमा गई नुहाइधुवाई गरेर सिदा तथा पिण्ड दान गर्ने गर्दछन् । त्यस कार्यबाट दिवङ्गत माता प्रसन्न भई दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सुसम्पन्न भई महासुख भोग गर्न पाउने हुन्छन् भन्ने जनविश्वास पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments