भक्तपुर, १३ वैशाख । २०७२ सालको भूकम्पपश्चात् पुनः निर्माणको एक दशक पुनरावलोकन विषयक अन्तरार्ष्ट्रिय वैज्ञानिक समिति (काठमाडौ उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो बैठक वैशाख १२ र १३ गते ख्वप कलेज अफ इन्जिनियरिङमा सम्पन्न भयो ।

बैठकको समापन समारोहका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदाकोे मौलिकतामा संरक्षणमा भनपा संधै सचेत रहेकोे बताउनुभयो ।
उहाले भन्नुभयो, “दरबार क्षेत्रस्थित सिद्धिलक्ष्मीको मन्दिरमा प्रयोग भएका ढुड्डाहरू कमसल खालको भन्ने देखिएपछि सबै भत्काउन लगाएर नया“ ढुड्डाबाट निर्माण गर्न लगायौ । केही समय अघिमात्रै पशुपति मन्दिरको पुनःनिर्माण बिग्रेकाे, मक्किएको काठ प्रयोग गरिएको कारण हामीले रोक्नुपर्यो । पुरातत्व विभाग, प्रशासन सबैलाई त्यसको जानकारी पठायौ र पछि सुधार गरेको थाहा भयो ।”
काठमाडौ“को रानी पोखरी सिमेन्टले बनाउन खोज्दा पुनः निर्माण प्राधिकरणका पदाधिकारीहरू भक्तपुर नगरपालिकामा आएर सहयोगको अनुरोध गरेपछि भनपाका १०० जना कालिगढहरूले ८ महिनाभन्दा बढी लगाएर काम पूरा गरी मौलिक शैलीमै रानी पोखरीको पुनः निर्माणगरेको उहा“ले स्मरण गराउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “आज बिहानै मात्र ‘१०० वष{पछिको भक्तपुर’ पुस्तक बारे छलफल काय{क्रम ग¥यौ“ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले १०० वर्ष पछिको भक्तपुर नगरको कल्पना गर्नुभएको छ । त्यतिबेला भक्तपुर विश्वकै एक आकष{क नगर बन्ने अध्यक्ष बिजुक्छे“ले अनुमान गर्नुभएको छ ।”
विश्व सम्पदा क्षेत्र भित्रका सम्पदाहरूको संरक्षणको लागि यो बैठक महŒवपूण रहेको धारणा राख्दै प्रमुख प्रजापतिले समयअनुसार नया“ नया“ ऐनको आवश्यक हुने भएकोले व्यापक छलफल गरेर मात्र ऐन बनाउनुपर्ने धारणा राख्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “सम्पदाको महत्वबारे नया“ पुस्तालाई राम्रो जानकारी नभएको कारणले पनि संरक्षणमा नयाँ पुस्ता अगाडि नआएको हुनसक्छ । भक्तपुर नगरपालिकाले विद्यालय तहदेखि नै स्थानीय पाठ्यक्रम बनाई लागु गरी सम्पदा संरक्षणमा मद्दत गरिरहेको छ ।”
कार्यक्रमका सभापति एवं पुरात्तत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाड्डले दुई दिनसम्म बसेको बैठकले धेरैवटा सुझाव तयार गरेको र उक्त सुझावहरूलाई संस्कृतिमन्त्री समेत बसेर छलफल गरी कार्यान्वयनको लागि जिम्मेवारी बाँडफाँट गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सम्पदा संरक्षणमा भक्तपुरले उदाहरणीय कार्य गर्दै आएको छ । उपत्यकालाई पुरानै अवस्थामा फर्काउन सबैले साझा प्रयास जारी राख्नुपर्छ।”
संस्कृतिमन्त्रालयका सहसचिव सुरेस सरोजलगागत अन्य सहभागीहरुले परम्परागत सीपलाई संरक्षण गर्दै सबैसँग संवाद र समन्वय गरी काम गरेमा राम्रो हुने विचार व्यक्त गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले विदेशी मित्रहरूलाई मायाको चिह्न स्वरूप मयुरझ्याल उपहार प्रदान गनुभयो ।