राष्ट्रिय चलचित्र पुरस्कार २०८१: ‘गालय् वन’ आदिवासी जनजाति मातृभाषा विधामा सम्मानित

0
545

काठमाडौं, असार ३१ । चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार २०८१ अन्तर्गत विभिन्न विधामा उत्कृष्ट चलचित्रकर्मीहरू र चलचित्रहरूलाई सम्मान गरिएको छ। राजधानीमा सम्पन्न कार्यक्रममा ‘गालय् वन’ ले उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रको पुरस्कार प्राप्त गरेको छ।
‘गालय् वन’ नेपाल भाषामा निर्माण गरिएको चलचित्र हो, जसले आदिवासी समुदायको भाषा, संस्कृति र पहिचान झल्काउने महत्वपूर्ण कथा प्रस्तुत गरेको छ। श्री एस स्वचाएर इन्टरप्राइजेज द्वारा निर्मित चलचित्र गालव वन: (नेपाल भाषा) को चलचित्र हो ।
कार्यक्रममा चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक, प्राविधिक र नवनिर्माणकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here