भक्तपुर, ३० असार ।
श्री चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लि. शिक्षा उपसमितिको आयोजनामा ४ दिने समाचार लेखन तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम संस्थाको सभाकक्षामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि भनपा वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुक्छेले राज्यको चौथो अंगको रुपमा पत्रकारिता रहेको बताउदै पत्रिकामा प्रकाशन हुने सबै सामग्रीहरु सही हुन सक्छन् भन्ने छैन भन्नुभयो । समाचार सिर्जनशील सीप भएकोले समाजलाई तथ्यमा आधारित भएर समचार सम्प्रेषण गर्नुपर्ने विजुक्छेले बताउनुभयो ।
संस्थाका अध्यक्ष पूर्णगोपाल राजचलले समाचार लेखनको समय छोटो भएको बताउदै प्रशिक्षकले दिनु भएको सीप प्रयोग गरी तालिम पश्चात्त पनि सदुपयोग र व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद त्वानावासुले तालिममा सिकेका कुरालाई निरन्तरता दिएर समाजमा घटित घटनालाई पूर्ण निगरानीमा राखेर समाचार लेख्नुपर्ने बताउदै समाजमा घटित घटना लेखने लेखक तथा पत्रकारको संख्यामा कमी आएकोले संस्थाले समाचार लेखन तालिम संचालन गरेको बताउनुभयो ।
प्रशिक्षक प्रेम प्रजापतिले समाजप्रति उत्तरदायी भएर समाचार लेख्नुपर्ने र सिकेका कुरालाई निरन्तरता दिएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
शिक्षा उपसमितिका संयोजक विष्णु प्रसाद कर्माचार्यले समाचार इतिहासको दस्तावेजको रुपमा भोलि प्रयोग हुने भएकोले सत्य र तथ्यका रुपमा जनता सामु विचार राख्नुपर्ने बताउनुभयो x।
तालिममा प्रशिक्षार्थीहरुको तर्फबाट सुनिता गपी र विकेश मचामसीले पनि अनुभव व्यक्त गर्नुृभएको थियो भने उर्मिला प्याथले पनि बोल्नुभएको थियो । तालिममा १३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेका थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि विजुक्छेले प्रशिक्षर्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने संस्थाको तर्फबाट प्रशिक्षक प्रेम प्रजापतिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















