भक्तपुर मालपोतका तीन कर्मचारी २४ लाख ५० हजार घुससहित पक्राउ

0
578

भक्तपुर, असार ३१ ।
चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोहीका नाममा पास गराउने प्रयोजनमा मागिएको घुस रकमसहित भक्तपुर मालपोत कार्यालयका तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

अख्तियार टंगालबाट खटिएको टोलीले असार ३१ गते प्राप्त सूचना र उजुरीको आधारमा भूमि सुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख कुमार आचार्य, नायब सुब्बा दीपक प्रसाद अधिकारी र कार्यालय सहयोगी टिकाराम राउतलाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई जग्गाको मोही र तलसिङ कट्टा प्रक्रिया मिलाइदिने भन्दै रु. २४ लाख ५० हजार घुस मागेको आरोप लागेको छ।
कार्यालय प्रमुख आचार्यको साथबाट दुई थान मोबाइल, नायब सुब्बा अधिकारी र कार्यालय सहयोगी राउतको साथबाट एक–एक थान मोबाइलसहित अख्तियारको टोलीले घुस रकमसमेत बरामद गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here