Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर नगरपालिका सल्लाघारीमा खाद्य र मासु पसल अनुगमन, म्याद नाघेका सामग्री जफत गरि नष्ट

सल्लाघारीमा खाद्य र मासु पसल अनुगमन, म्याद नाघेका सामग्री जफत गरि नष्ट

भक्तपुर,  असार ३२ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा बुधबार वडा नं.१ सल्लाघारीमा ३ वटा खाद्य पसल र ५ वटा मासु पसल अनुगमन गरियो ।   
सविका मिट सपमा पसलमा फ्रिजमा विग्रेको मासु १३ केजि जफत गरी नष्ट गरी तराजु नविकरण नभएकोले १ थान जफत गर्नुका साथै दर्ता नविकरण कागजात नभएकोले कागजात सहित तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।

न्यू भक्तपुर मिट सप दर्ता नभएकोले तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
एन्ताज मासु पसल धुलो र झिंगाले नभन्किने गरी सिसाको बाकस भित्र सुरक्षित साथ राख्न, तराजु नविकरण नभएकोले १ थान जफत गरी पसल एउटा दर्ता गरी दुई वटा संचालन गरेकोले थप एक वटा तीन दिन भित्र दर्ता गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
सप्त रत्न बज्राचार्यको किराना पसल २०७५ देखि नविकरण नगरी संचालन गरेकोले तीन दिन भित्र नविकरण गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
च्वङा गणेश खाद्य स्टोर दर्ता प्रमाणपत्र पसलमा नभएकोले तीन दिन भित्र कागजात सहित नगरपालिका कार्यालयमा उपस्थित हुन, तराजु नविकरण नगरेकोेले थान १ जफत गरी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन र म्याद नाघेको सामानहरु रोजमेरी ७ पाकेट, डाइजेस्टिभ विस्कुट १५ पाकेट, निरमा सरफ ३४ पाकेट, निरमित बदाम ६ पाकेट, गणपति सुप ४ पाकेट, क्वीक चाउचाउ १ बाकस, गुड लाईफ विस्कुत १३ पाकेट, ओरेगानो १ पाकेट जफत गरी नष्ट गरियो ।
जय बाराही मिट सपमा फ्रिज व्यवस्थित गरी संचालन गर्न र फ्रिजिङ ससेज् लगायत मासुजन्य बस्तु बाहिर राख्ने फेरी फ्रिजमा राख्ने गर्दा किताणु संक्रमण भई विग्रने भएकोले त्यस्तो नगर्न निर्देशन दिई चोङ्गा गणेश मिट सेन्टर, न्यू दि मनकामाना मिट शप, कौशल मासु पसल अनुगमन गरिएको निमित्त श्यानिटेशन उपशाखा प्रमुख वडानिरिक्षक रामकृष्ण प्रजपातिले बताउनुभयो ।
अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रोशन मैया सुवाल, वडा सदस्य ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशन उपशाखाका निमित्त प्रमुख व.नि.रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी हवल्दार टेजप्रसाद खतिवडा र राजकुमार बखति, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ र उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरका लक्ष्मी प्रसाद कासुला, भनपा पशुसेवा कार्यालयका पार्वती योञ्जनको सहभागी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments