भक्तपुर, चैत ३१ । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन बुधबार बिहान तालाक्व स्थित टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको योसिँद्योः ठड्याइएको छ ।
बिहान ११ बजेर ३० मिनेटमा हात नभएको योसिँद्योः उभ्याइएको हो।
प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो योसिँद्योः ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ ।
त्यसैगरी योसिङखेलमा नै आजै दिउँसो ५५ हात लामो योसिँद्योः ठड्याएर जात्रा मनाइन्छ । उक्त योसिँद्योःलाई भने वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ ।
योसिँद्योः जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नास हुन्छन् भन्ने धार्मिक मान्यता रहको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















