नयाँ वर्षको अवसरमा उदय साकोसद्वारा वाकुपति चाँगुनारायण परिसरमा सरसफाइ

0
191

भक्तपुर, चैत २९ । भनपा लिवाली ८ स्थित उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार नयाँ वर्ष २०८२ को अवसरमा वाकुपति चाँगुनारायण मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गर्यो ।

उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समिति तथा विभिन्न उपसमिति लगायत संस्थाका कर्मचारीहरूको सहभागिता रहेको उक्त सरसफाइ कार्यक्रममा वाकुपति चाँगुनारायण मन्दिरको ढोका, कलात्मक सिंह जोडीहरु, न्हेपं स्या देग(सूर्यनारायण मन्दिर), सरस्वती मन्दिर, दश अवतार तथा महादेव परिसर लगायत दियो बाल्ने दल्लुमा सफाइ गरेको थियो ।

भक्तपुर नगरको एक सहकारी एक सम्पदा सरसफाइ नीति अनुरुप उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोही ठाउँमा गत असोज २२ गते सरसफाइ गरेको संस्थाका प्रबन्धक पूण्यराम गोसाईले बताउनुभयो ।

साथै संस्थाको महिला उपसमितिको आयोजनामा यहीँ मिति २०८१ बैशाख ७ गतेदेखि १२ गतेसम्म बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुने एक हप्ते बेहुली मखमली व्याग बनाउने तथा एकहप्ते स्वश्रृंगार मेकअप तालिममा सहभागिता जनाउन बैशाख ६ गतेभित्र नाम दर्ता गर्न संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here