६ महिने—आधारभूत सिलाई, बुटिक र हेयर कटिङ प्रशिक्षण समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

0
77

भक्तपुर, चैत २९ ।
भक्तपुर नगरपालिकाको आयोजनामा संचालन भएको ६ महिने—आधारभूत सिलाई, बुटिक र हेयर प्रशिक्षण समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा शुक्रबार भक्तपुर नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुदै उप प्रमुख जोशीले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा विशेष जोड दिदै आइरहेको बताउनुहुदै ऐतिहासिक विस्का जात्रा भक्तपुरको गौरव रहेकोले संयमित भएर जात्रा पर्व मनाउनुपर्ने बताउनुभयो । उहाँले वर्तमान समयमा भक्तपुर शैक्षिक गन्तव्यस्थलको रुपमा रहेको चर्चा गर्नुहुदै भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको स्थापनाको निम्ति संघर्ष गर्दै गरेको समेत बताउनुभयो । बदलिदो राजनैतिक परिवर्तनसँगै देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन हुन नसकेको र जनताको अवस्था परिवर्तको लागि समाजवादी गणतन्त्र आवश्यक रहेको बताउनुभयो ।
साथै एक फरक प्रसङ्गमा काठमाडौ उपत्यका नेवारहरुको बाहुल्यता रहेकोले यहाँका कला, संस्कति, भाषा, रितिरिवाज संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमका सभापतित्व एवं महिला बालबालिका तथा समान कल्याण समितिका संयोजक एवं कार्यपालिका सदस्य रोशनमैया सुवालले भक्तपुर नगरपालिकाले युवा तथा महिलाहरुलाई सिप प्रदान गर्ने उदेश्यले तालिम संचालन गर्दै आइरहेको बताउनुहुदैं तालिममा सिकेका कुराहरु व्यावसायिक रुपले अगाडी बढाउनको निम्ति स्थानिय सरकारको कानुनको बारेमा पनि जानकारी लिनुपर्ने बताउनुभयो ।

प्रशिक्षकतर्फबाट मन्तव्य दिनुहुदै आधारभूत सिलाइ तालिममा प्रशिक्षक धर्मलक्ष्मी लघुले भक्तपुर नगरपालिकाले वि.सं. २०४४ सालदेखि नै तालिम संचालन गर्दै आइरहेको स्मरण गर्नुहुदै तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने र कुनै पनि सिप भएमा व्यक्तित्व विकास हुने समेत बताउनुभयो ।

त्यस्तै समितिका सदस्य एवं कार्यपालिका सदस्य छोरीमैया सुजखुले निर्वाचनमा प्रतिबद्धता गरेको घोषणापत्रबमोजिम नगरवासीहरुलाई सिप प्रदान गर्ने उदेश्यले तालिम संचालन गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा प्रशिक्षकहरुलाई प्रशंसापत्र वितरण गर्नुभएको थियो भने ४ नं वडा महिला सदस्य विष्णु केशरी दुवाल र ८ नं वडा महिला सदस्य सुमित्रा बोहजूले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here