Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर नगरपालिका कर्मचारीहरुबीच नयाँ नयाँ प्रविधिबारे जानकार हुनुपर्ने: प्रमुख प्रजापति

कर्मचारीहरुबीच नयाँ नयाँ प्रविधिबारे जानकार हुनुपर्ने: प्रमुख प्रजापति


भक्तपुर । २०८१ चैत्र २६ गते बुधबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल नगरपालिका कर्मचारी एशोसिएसनद्वारा प्रकाशित २०८२ सालको भित्तेपात्रो आज एक कार्यक्रमबीच सार्वजनिकीकरण गर्नुभयो ।
भित्तेपात्रो सर्वजनिकीकरण तथा बिस्का जात्रा र नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम कर्मचारीहरुले नयाँ नयाँ प्रविधिबारे जानकारी राख्नुपर्ने भन्नुहुदै प्रमुख अतिथि प्रजापतिले अहिले प्रविधि नजानेको व्यक्ति अशिक्षित सरह हुने बताउनु भएको हो ।
“संसारमा विज्ञान र प्रविधिमा अघि बढेका देशहरु मात्रै विकासमा पनि अघि बढेका छन् । चीन विकासमा अघि बढ्नुको मुख्य कारण खोज अनुसन्धानले नै हो । अमेरिका विश्वमा बर्चश्व तोड्ने सम्भावना भएको देश हो तर विश्वको अन्य देशसँगको व्यापारिक बस्तुमा कर लगाउने नीति लिइ अघि बढिरहेको छ” उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिले चाड पर्वको बेलामा कर्मचारीहरुले फुर्सदको समय स्वअध्ययनमा लगाउनुपर्ने बताउँदै आप्mनो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जनप्रतिनिधि र कर्मचारीहरुको सहकार्यमा जनताको इमानदारीतापूर्वक सेवा गरेको कारणले भक्तपुर नमूना नगरको रुपमा परिचित हुन सकेको चर्चा गर्नुहुँदै कर्मचारीहरुले जनताको सेवालाई प्राथमिकतामा राखी काम गर्न सकोस् भनी बिस्का जात्रा र आउँदो नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइले सूचना प्रविधि तथा डिजिटाइजेसनको युगमा सरकारी सेवालाई छितो र छरितो सेवा दिनुपर्ने बताउँदै कर्मचारीहरुले आफूलाई तोकेको जिम्मेवारी इमानदारीपूर्वक सम्पन्न गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच अन्योन्याश्रित सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत भट्टराईले कर्मचारीहरुले सृजनात्मक ढंगले काम गर्न प्रेरित गर्नुभयो ।
एशोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारी एशोसिएसनले नियमित रुपमा भित्तेपात्रोलगायत अन्य सन्देशमूलक पुस्तकहरु प्रकाशन गर्दै कर्मचारीहरुको हकहित सुनिश्चित गर्ने कार्य गर्दै आएको बताउनुभयो । उहाँले कर्मचारीहरुबीच आपसी साथ र सहयोगले नै संस्थागत हित हुने बताउँदै कर्मचारीहरु आनो काम, कर्तव्य र अधिकारबारे सुसूचित हुनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा एशोसिएसनका प्रशासकीय अधिकृत दामोदर सुवाल, कानून अधिकृत गणेशलाल फोंजू, एशोसिएसनका सदस्यद्वय विद्यालक्ष्मी प्रजापति र रामकृष्ण प्रजापतिले पनि बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments