भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा शुभकामना कार्यक्रम

0
447

भक्तपुर, चैत २७। भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा नयाँ बर्ष २०८२ र विस्का जात्राको शुभकामना आदानप्रदान कार्यक्रम नेपाल बक्सिङ महसंघका कोषाध्यक्ष गौतम सुजखुको आतिथ्यतामा बुधबार बालाखुमा सम्पन्न भयो ।
उहाँले आपसी सहयोगले मात्र खेलकुदमा सफलता हासिल गर्न सक्ने भएकोले कोही खेलाडी माथि पुग्दैमा धमण्डी बन्न नहुने बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु र विदेशमा तालिम गर्नु अनुभव बटुलि सफलता हासिल गर्नु हो भन्दै खेलकुदको सहयोगले संघ संस्था देशको इज्जत र पहिचान हुने बताउनुभयो । उहाँले राजनीति गर्नु बेठिक नभएको बताउँदै गतल मानसिकताले राजनीतिलाई प्रयोग गर्दा राजनीतिक नेतृत्व प्रति वितृष्णा बढेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि विन्दा पुरीले एउटै नेपाल एउटै भावनाले पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउँदै खेल शरीरको महत्वपूर्ण र सन्तुलित भोजन जस्तै खेल पनि शरीरलाई आवश्यक भएको बताउँदै रोग लागेर उपचार गर्नु भन्दा रोकथाम गर्नु पर्ने बताउँदै जिल्ला खेलकुद विकास समिति नियम, जिम्मेवार सरकारी कार्यालय भएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश बक्सिङ संघ तदर्थ समितिका संयोजक रामचन्द्र थापामगरले जिल्ला बक्सिङ संघहरु पुनःगठन नेपाल बक्सिङ महासंघको विधान र प्रदेश विधान अनुसार गराउन लाग्दा रोक्न नहुने बताउँदै खेलाडी उत्पादनमा ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो । उहाँले खेलकुद मार्फद भक्तपुर जिल्लाको नाम राष्ट्रिय र अर्न्तराष्ट्रिय जगतमा चिनाउन सक्ने बताउनुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले नयाँ बर्षमा नयाँ विचारको विजारोपन गरी आर्दश समाज बनाउने तर्फ हाम्रो गन्तव्य हुने पर्ने बताउँदै समस्त नेपाली खेलाडीहरुको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभयो ।
कार्यक्रममा प्रशिक्षक केदार तुईतुई र कोषाध्यक्ष लक्ष्मी प्रसाद चवालले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here