इन्फोवेज कम्प्युटर सिस्टमको फ्री ल्यापटप सर्भिसिङ्ग अफर

0
248

ललितपुर । नयाँ वर्ष २०८२ को अवसरमा इन्फोवेज कम्प्युटर सिस्टम, लगनखेलले “फ्री ल्यापटप सर्भिसिङ्ग अफर” सार्वजनिक गरेको छ। यो अफर विद्यार्थी र युवा वर्गबीच लोकप्रिय हुँदै गएको छ। कम्पनीले दिएको जानकारीअनुसार, उक्त अफर २०८१ सालको चैत्र १५ गते देखि सुरु भई २०८२ सालको बैशाख १५ गतेसम्म लागू हुनेछ।

कम्पनीले आफ्ना नियमित ग्राहक सेवा विस्तार गर्दै नयाँ प्रयोगकर्तामा पहुँच बनाउने उद्देश्यले यो योजना ल्याएको हो। अफर अन्तर्गत ल्यापटपको सफ्टवेयर जाँच, हार्डवेयर क्लिनिङ्ग, सिस्टम हेल्थ चेकजस्ता सेवा निःशुल्क प्रदान गरिनेछ। ल्यापटप ढिलो खुल्ने, प्रणालीमा समस्या देखिने वा सामान्य मर्मत आवश्यक पर्ने अवस्थाहरूमा समेत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।अफर अवधिभर कुनै पनि पार्ट्स फेर्नुपर्ने अवस्था आएमा ती पार्ट्स सुपथ मूल्यमा उपलब्ध गराइनेछ भने त्यसको जडान सेवा निःशुल्क गरिनेछ।

इन्फोवेज कम्प्युटर सिस्टमले यस अफरलाई विशेष बनाउँदै एस.ई.ई. परीक्षार्थीहरूलाई लक्षित गरी “फ्री ल्यापटप सर्भिसिङ्ग कुपन” वितरण गरेको थियो। यस क्याम्पेन अन्तर्गत भर्खरै एस.ई.ई. दिएका विद्यार्थीहरूलाई विद्यालय परिसर तथा सार्वजनिक स्थानहरूमा कुपन वितरण गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका संचालकका अनुसार, “हामीले यो योजना विशेष गरी विद्यार्थी र युवा वर्गलाई लक्षित गरेर ल्याएका हौं। अहिलेको युगमा ल्यापटप प्रायः सबैको आवश्यकता भएको छ। नियमित सर्भिसिङ्ग नहुँदा समस्या उत्पन्न हुन सक्छ भन्ने सन्देश पनि हामी दिन चाहन्छौं।”अफरबाट विद्यार्थी, अफिस कर्मचारी, फ्रीलान्सरदेखि सबै प्रकारका ल्यापटप प्रयोगकर्ताहरू लाभान्वित हुने कम्पनीको अपेक्षा छ। सेवा लिन इच्छुक ग्राहकले अफर अवधिभर अफिस समयमा इन्फोवेज कम्प्युटर सिस्टमको लगनखेल शाखामा आफ्नो ल्यापटप लिएर जानुपर्नेछ। कार्यालय समय बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कायम रहनेछ।

यो अफरमार्फत प्रविधिमा सर्वसाधारणको पहुँच अझ सुलभ र गुणस्तरीय बनाउने लक्ष्य कम्पनीले लिएको बताएको छ। अफरको भरपूर लाभ उठाउन इन्फोवेजले सबैलाई आग्रहसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here