Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर शुल्क निर्धारण समितिमा सहभागी गराउनुपर्ने भन्दै भनपामा अभिभावक संघ नेपालको ज्ञापनपत्र

शुल्क निर्धारण समितिमा सहभागी गराउनुपर्ने भन्दै भनपामा अभिभावक संघ नेपालको ज्ञापनपत्र

भक्तपुर, चैत २७ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका निवर्तमान अध्यक्ष मणिरत्न बज्राचार्यले भक्तपुर नगरपालिकाको प्रमुख समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।
ज्ञापन पत्र बुझ्‌दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारी विद्यालयका प्रिन्सिपलहरु निजि विद्यालयमा काम गर्दा समुदायिक विद्यालयको गुणस्तर खस्केको बताउनुभयो । उहाँले सरकारीको तलब खाएर निजि विद्यालयमा काम गर्ने शिक्षकहरु विगारेको बताउनुभयो । उहाँले शिक्षक आन्दोलन बारे बोल्दै पेशागत अधिकार भन्दा राजनीति मागको उद्देश्य भएकोले संविधान र संघीयता विरुद्ध भएको बताउनुभयो । उहाँले नगरशिक्षा खारेज गरे जिल्ला शिक्षा कार्यालय पुर्नजिवित गर्ने कार्य प्रतिगामी सोच रहेको बताउनुभयो । उहाँले संघीयताको मूलमर्म अधिकार विकेन्द्रीकरण भएको बताउँदै स्थानीय तह र प्रदेश केन्द्रको मातहत भने संघ सरकारको सोच गलत छ भन्नुभयो । उहाँले आन्दोलनको भित्रि मनसाय स्थानीय तहको अधिकार खोस्ने र परीक्षा, भर्ना, पुस्तिका परिक्षणको बेला आन्दोलन गरेर सामुदाय विद्यालयलाई दुवाएर निजि विद्यालय पोस्ने काम भएको बताउनुभयो । उहाँले निजि विद्यालय र सामुदायिक विद्यालय संगसंगै लागि रहेको बताउँदै कसले के भन्यो त्यो महत्वपूर्ण कुरा होइन बरु के परिणाम आउँछ त्यो सत्य भएको बताउँदै निःशुल्क शिक्षाको पक्षमा रहेको र भक्तपुरमा दुईतीन बर्षदेखि शुल्क बृद्धि नगरेको बताउनुभयो ।
कार्यक्रममा धनश्याम खड्काले अभिभावकहरु समस्या अरुले राख्न नसक्ने भएकोले अभिभावकहरु पनि शुल्क निर्धारण समितिमा सहभागी गराउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष रामकृष्ण प्रजापति, सचिव आशराम सुवाल, सहसचिव राजकुमार लघु, कोषाध्यक्ष कृष्णप्रसाद दुमरु, सदस्यहरु पवित्रा मानन्धर, सुचिता सैंजु, राजाराम दाहालको उपस्थिति रहेको थियो ।
यस्तो छ अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले हस्ताक्षरित ज्ञापन पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments