भक्तपुर, चैत २२ ।श्री राममन्दिरको १०५ औं स्थापना दिवसको उपलक्ष्यमा यस वर्षको रामनवमी पर्वका दिन भक्तपुर नगर भित्र अवस्थित राममन्दिरहरुमा श्री राम पूजा गरी ब्वः छायगु कार्यक्रम हुने भएको छ ।
यही चैत २४ गते आइतबार बिहान ९ बजेबाट तालाक्व ४ स्थित ज्याथा गणेश मन्दिरबाट राम पूजा हुने श्री राम मन्दिर संरक्षण समिति राम मन्दिर, भक्तपुरले जनाएको छ ।
समितिले प्रकाशित गरेको तथ्यांकअनुसार भक्तपुर नगरमा ३८ स्थानमा राम मन्दिर रहेको उल्लेख छ । ब्वः छायगु कार्यक्रममा सहभागिताको लागि सर्वसाधारणलाई समितिले अनुरोध समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1