राम नवमीका दिन भक्तपुरका राम मन्दिरहरुमा ब्वः छायगु कार्यक्रम हुने

0
324
राम नवमीका दिन भक्तपुरका राम मन्दिरहरुमा ब्वः छायगु कार्यक्रम हुने

भक्तपुर, चैत २२ ।श्री राममन्दिरको १०५ औं स्थापना दिवसको उपलक्ष्यमा यस वर्षको रामनवमी पर्वका दिन भक्तपुर नगर भित्र अवस्थित राममन्दिरहरुमा श्री राम पूजा गरी ब्वः छायगु कार्यक्रम हुने भएको छ ।
यही चैत २४ गते आइतबार बिहान ९ बजेबाट तालाक्व ४ स्थित ज्याथा गणेश मन्दिरबाट राम पूजा हुने श्री राम मन्दिर संरक्षण समिति राम मन्दिर, भक्तपुरले जनाएको छ ।
समितिले प्रकाशित गरेको तथ्यांकअनुसार भक्तपुर नगरमा ३८ स्थानमा राम मन्दिर रहेको उल्लेख छ । ब्वः छायगु कार्यक्रममा सहभागिताको लागि सर्वसाधारणलाई समितिले अनुरोध समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here