भक्तपुर, चैत २१ । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्य समितिले ज्ञापनपत्र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीलाई वहाँको कार्यकक्षा खरिपाटीमा बिहिबार हस्तातरण गर्नुभयो ।ज्ञापनपत्र बुझ्दै प्रमुख जीवन खत्रीले समुदाय विद्यालय गुणस्तर बृद्धि गर्न र सकारात्मक र राम्रो बनाउनेतर्फ ध्यान केन्द्रीत भएको बताउँदै संस्थागत विद्यालय प्रविधिमैत्री भएको अभिभावक र विद्याथीहरु सामुदायक विद्यालयको विश्वास घटिरहेको बताउनुभयो । उहाँले २०५५ को शिक्षा नियमावलीमा अभिभावक संघको प्रतिनिधित्व रहेको जानकारी भएको भए स्थानीय तहको शिक्षा ऐनमा राख्न पहल हुने थियो तर देश भरिको स्थानीय तहमा नभएकोले पनि यसतर्फ ध्यान केन्द्रीत नभएको बताउनुभयो । उहाँले अभिभावकहरुको समस्या सम्बोधन गर्न कार्यविधि बनाएर भएपनि प्रतिनिधित्व गराउन पहल गराउने आश्वासन दिँदै कानुनी र विधिबाट बाधा नभए सहजीकरण र समन्वय अगाडि बढाउने बताउनुभयो ।कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले घाउ लागेको व्यक्तिलाई मात्र चोट थाहा पाउने बताउँदै अभिभावकहरुको समस्या अरुले सम्बोधन गर्न नसक्ने भएकोले शुल्क निर्धारण समितिमा अभिभावकको प्रतिनिधि अनिवार्य देखिएको बताउनुभयो । उहाँले नयाँ शैक्षिक सत्र सुरु हुन केहि दिनमात्र बाकी भएकोले नयाँ भर्ना अभियान, शुल्क निर्धारण, पाठ्यपुस्तक, विद्यालय पोशाक लगायतको विषयमा स्थानीय सरकारले टुङ्गो लगाउन अभिभावकको प्रतिनिधि राखेर मात्र निर्णय गर्नुपर्ने बताउँदै शुल्क निर्धारण लगायत विषयमा प्रत्यक्ष सरोकार राख्ने ८० लाख विद्यार्थीका अभिभावकहरुको सहभागितामा अनिवार्य हुनुपर्ने बताउनुभयो । उहाँले अभिभावकहरुलाई स्थानीय तहको शिक्षा समिति वा शुल्क निर्धारण समिति बाहिर राखेर शिक्षालाई अगाडि बढाउन खोज्नु हातखुट्टा बाँधेर दौडाउनु वा लंगडो घोडालाई दौडाएर प्रतिस्पर्धामा सफल हुने दिवास्वप्न जस्तै हुने बताउनुभयो ।
सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय नहुँदा अभिभावकहरु आप्mनो छाक काटेर भएपनि बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालय तर्फ आकर्षित हुँदा संस्थागत विद्यालयको प्रादुभाव भएको देखिन्छ । त्यस्ता विद्यालयमा नाफाको निम्ति अभिभावकको ढाड सेक्ने गरी शुल्क निर्धारण गर्दा तल्लो वर्गका जनताले गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा हुँदै गएको देखिन्छ ।देश र जनताको सेवा गर्ने हेतुले देश विकासको लागि आवश्यक जनशक्ति तयार गर्न शान्ति, सदाचार र शिष्टाचार सहितको नैतिक एवं व्यवहारिक शिक्षा आवश्यक छन् । शिक्षा जस्तो अपरिहार्य आवश्यकतालाई सस्तो, शुलभ, गुणात्मक र बैज्ञानिक शिक्षा बनाई राष्ट्र विकासको लागि आवश्यक जनशक्ति तयार गर्न तथा शिक्षा क्षेत्रमा भईरहेको विकृति, विसंगति, मनपरितन्त्र, व्यापारिकरण, चर्को शुल्क बृद्धि, महंगी, बालबालिका माथि यातना, शैक्षिक संस्था बन्दको विरोध तथा भौतिक पूर्वाधार, सुबिधा र गुणस्तर युक्त शिक्षाको लागि अभिभावकहरु संगठित रुपमा अगाडि बढ्ने प्रणका साथ कार्य गरिरहेका छौं ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुरका सचिव आशराम सुवालले बहुमत अभिभावकहरुको हितको लागि शिक्षा समिति र शुल्क निर्धारण समितिका अभिभावक संघको प्रतिनिधि हुनु पर्ने बताउनुभयो ।कार्यक्रममा सदस्य सन्तराम दुलालले अभिभावकहरु सामुदायक विद्यालयको पक्षमा रहेको बताउँदै संस्थागत विद्यालयले अभिभावकहरु माथि लुटिरहेको बताउनुभयो ।कार्यक्रममा शिक्षा शाखा प्रमुख दिनेश आर्याल, अभिभावक संघ नेपाल भक्तपुरका कोषाध्यक्ष कृष्ण प्रसाद दुमरु, सदस्यहरु राजाराम दाहाल, राजकुमार लघुको उपस्थिति रहेको थियो ।



















