आज इद उल फित्र (इद), सार्वजनिक विदा

0
79

काठमाडौं, चैत १८ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र (इद) को अवसरमा आज (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका सहसचिव प्रवक्ता रामचन्द्र तिवारीले आइतबार विज्ञप्ति जारी गरी नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभएको छ । विज्ञप्तिमा उल्लेख छ, “चैत १८ गते सोमबार सार्वजनिक
बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here