नेपाल भाषाको व्यंग्यात्मक म्युजिक भिडियो “धेबा फुत बाबा” युट्युबमा सार्वजनिक

0
394

ललितपुर, चैत १७ । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिको पहिलो प्रस्तुति नेपाल भाषाको म्युजिक भिडियो “धेबा फुत बाबा” युट्युबमा सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा भुपेन्द्र बज्राचार्य, सुरजबीर बज्राचार्य, अमोघबीर बज्राचार्य, निल शाक्य, अमर चित्रकार र अनुप शाक्यले स्वर प्रदान गरेका छन् भने गायनमा संलग्न सबै कलाकारहरुका साथमा सलोना बज्राचार्य, मोहिद्दिन खान,श्रुयति शाक्य,अर्चा बज्राचार्य,लबिक महर्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
देशको समयसामयिक विषयमा आधारित भइ व्यंग्यात्मक शैलिमा निर्माण भएको उक्त म्युजिक भिडियोमा निर्देशन परिकल्पना तथा पटकथा भुपेन्द्र बज्राचार्यले गरेका छन् ।
म्युजिक भिडियोमा दर्जनभन्दा बढी कलाकारहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here