भक्तपुर, चैत १६ । दिक्षा गौरी हाडा स्मृति प्रतिष्ठान भक्तपुरको आयोजनामा शनिवार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । भक्तपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा २६ जना महिला र पुरुषले खुल्ला रक्तदान गरेको आयोजक प्रतिष्ठानका उपाध्यक्ष निलु हाडाले जानकारी दिनुभएको छ ।
प्रतिष्ठानको कार्यालय प्राङ्गण ईताछेंमा आयोजित उक्त अवसरमा रक्तदाता महानुभावहरुलाई प्रशंसा पत्र वितरण गर्दै उपाध्यक्ष हाडाले २९ पटक भन्दा बढि रक्तदान गर्नु भएका उमा पक्वाँ , त्यस्तै १५ पटक भन्दा बढि रक्तदान गर्नु भएका दृष्टि कमजोर भएका सुरेश राजभण्डारी लगाएत अमुल्य रक्तदान गर्नु हुने सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार समेत व्यक्त गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















