भक्तपुर, १५ चैत । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्य समितिले नयाँ शैक्षिक सत्र सुरु हुन लागेकोले शिक्षामा भईरहेको विकृति र विसंगति बारे ध्यानाकर्षण पत्र सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई उहाँको कार्यकक्षामा शुक्रबार हस्तान्तरण गर्नुभयो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख बासुदेब थापाले अभिभावकहरुको हितलाई ध्यानमा राखी शिक्षा समितिमा ध्यानाकर्षण पत्र राखेर सल्लाह सुझाव अनुसार अगाडि बढाउने बताउनुभयो । उहाँले विद्यालय ठिक स्थानमा रहेको नरहेको, ठिक अवस्थामा संचालन भए नभएको, कक्षा कोठाहरु व्यवस्थित छ छैन् आदि आदि बारे अनुगमन गरेर मात्र थाहा पाउने बताउँदै शिक्षालाई राम्रो बनाउनेमा हाम्रो ध्यान आकृष्ट भएको बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले शिक्षा जस्तो महत्वपूर्ण विषयमा सरकार र सरोकारवालाहरुलाई चिन्ता नभएपनि अभिभावकहरु चिन्ताले इन्टु न चिन्तु भईरहेको बताउनुभयो । उहाँले शिक्षा विना देशको चौतर्फि विकास हुन नसक्ने र शिक्षाको अभावले छिमेकी देशमा भएको प्रगति र परिष्कृत पद्धतिबाट अनभिज्ञ भएर देश निर्माणमा पछि परेको बताउँदै शिक्षाबाट कोही बालबालिका बञ्चित हुन नपरोस् भनेर जारी संविधानमा शिक्षालाई मौलिक हकमा राखेको बताउनुभयो । माबि तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको तर यसको कार्यान्वयन हुन नसक्दा संविधान जारी भएर पनि निःशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको समेत उहाँले बताउनभयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुरका पूर्व अध्यक्ष मणिरत्न बज्राचार्यले शिक्षामा भई रहेको विकृति र विसंगति बारे बोल्नुभयो ।
कार्यक्रममा उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, वडाध्यक्षहरु पुष्पराज बस्नेत, रविन्द्र सापकोटा, शिक्षा शाखा प्रमुख रत्न कटुवाल, अभिभावक संघ नेपाल भक्तपुरका बरिष्ठ उपाध्यक्ष राम सुवाल, उपाध्यक्ष महेन्द्र बखुन्छे, सचिव आशराम सुवाल, सह सचिव राजकुमार लघु, सदस्यहरु सन्तराम दुलालको उपस्थिति रहेको थियो ।
यस्तो छ ज्ञापनपत्र



















