भक्तपुर, चैत ९ |ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक कार्य योजना निर्माण तथा अभिमुखिकरण कार्यक्रम नेमकिपाका केन्द्रिय सचिव तथा संघिय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो |
कार्यक्रममा प्रमुख अतिथि सुवालले सहकरिको पैसा निजि बैंक हुन्दै नाटो सम्मले प्रयोग गरेको गर्ने गरेको र सहकारिको पैसा निजि बैंक मा राख्दा बैंक दिन सकेन भन्ने के गर्ने भन्नी प्रतिप्रश्न गर्नुभयो |
भक्तपुर नपा वडा नं २ का वडा अध्यक्ष हरि प्रसाद बासुकलाले सिद्धिगणेश साकोसले स्वास्थ केन्द्र भक्तपुर साकोसले आदर निकेतन खोलेर सेवा गरे झै ख्वप साकोसले घरेलु उद्योग संचालन गर्नुपर्ने बताउनुभयो |
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कार्य योजना वार्षिक रुपमा गर्ने कार्यको विवरण र संस्थाको भावी कार्यक्रम हुने भएकोले संस्थाको गतिविधि सुशासन अन्तर्गत पर्ने भएकोले संस्थाको गतिविधिको समिक्षा गर्नुपर्ने जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष राजकुमार लघुले सस्थाको वार्षिक कार्ययोजना निर्माणका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको जानकारी दिन्दै २०८१ चैत्र २४ गतेदेखि धाँ बाजाको प्रशिक्षण शुरु गर्ने भएकोले २२ गते भित्र नाम दर्ता गर्न अनुरोध गर्नुभयो |
संस्थाका सल्लाहकार कुमार लघुले संस्था संस्थापकहरुको राय सल्लाह सुझाब लिन अध्ययन अवलोकन भ्रमण आयोजना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष लक्ष्मी नारायण सुवाल, संचालक विकास ब्यान्जुले पनि बोल्नुभएको थियो ।
दोश्रो चरणको कार्यक्रममा शिक्षा समितिका कृष्ण गोपाल आचार्य , महिला उपसमितिका जगत लक्ष्मी पहिजु ,कृषि उपसमितिका कृष्ण प्रसाद आचार्य , लेखा समितिका लक्ष्मी दास बासुकला स्वास्थ्य उपसमितिका लक्ष्मी नारायण सुवाल र अतिरिक्त क्रियाकलाप उपसमितिका बिश्व राम सुवालले आ-आफ्नो समितिको वार्षिक कार्ययोजना योजना प्रस्तुत गर्नुभएको थियो |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















