भक्तपुर, चैत्र ९ ।
विश्वकर्मा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार शिक्षा शिविर कार्यक्रम सम्पन्न भयो। संस्थाका अध्यक्ष शमशेर बहादुर ज्याख्वाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उहाँंले युवापिंढी रोजगारी तथा अध्ययनको सिलसिलामा विदेश जाने चलनले देशमा आवश्यक जनशक्ति अभाव हुन थालेकोले संस्थामा आवद्ध सदस्य तथा परिवारलाई नियमित शिक्षा दिन सकेमा समाजप्रति जिम्मेवार नागरिक संस्थामा भावि नेतृत्वको लागि जनशक्ति अभाव नहुने बताउनुभयो ।
सल्लाहकार लक्ष्मी प्रसाद प्रजापतिले समुदायमा आधारित सहकारी संस्थामा नै बचत गर्न तथा रोजगारी सृजना हुने उत्पादनशिल क्षेत्रमा ऋण लगानी गर्न सदस्यहरुलाई जागरुक बनाउन शिक्षा शिविरले मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा उप समिति संयोजक राम छुस्याकीले संस्थाको बचत र ऋण सेवाको लागि पुरा गर्नु पर्ने प्रकृया तथा गतिविधि संगै विद्यमान निति नियम अनुसार सदस्यको कर्तव्य र अधिकार सम्बन्धमा जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा उपाध्यक्ष कृष्णभाई ज्याख्वा र पून्यश्वरी ज्याख्वाले पनि बोल्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















