श्रमजीवीमा एक दिने ग्यास चुल्हो मर्मत तथा जोखिम न्युनिकरण तालिम

0
144

भक्तपुर, चैत ९ । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. ब्यवसाय प्रवद्धन उप–समितिको आयोजनामा एक दिने ग्यास चुल्हो मर्मत तथा जोखिम न्युनिकरण तालिम संचालक अध्यक्ष बिकुलाल सुवालको प्रमुख अतिथ्यतामा सम्पन भयो ।
उक्त कार्यक्रमम सुवालले श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको चाहना अनुरुप बिभिन्न सिप मुलक तालिमहरु संचालन गर्दै आएको मध्येको एक हो भन्नु भयो । कार्यक्रममा संचालक सदस्य पुण्यराम दुवालले ग्यास चुल्हो मर्मत तालिम हेर्दा साधारण देखिने तर यो तालिम महत्वपुर्ण रहेको विचार ब्यक्त गर्नुभयो ।


सोहि कार्यक्रमा प्रशिक्षक गंगाराम रंजितकारले ग्यास चुल्हो मर्मत सिकाई सामान्य तालिम हो तर सामान्य ज्ञान हासिल नगरे धेरै खर्च ब्यहोर्नु पर्ने विचार साथै यस तालिमले प्रत्येकको घर आगनमा क्षति न्युनीकरण हुने विचार ब्यक्त गर्नु भयो ।
कार्यक्रम ब्यवसाय प्रवद्धन उप–समितिका संयोजक मदन खाताखोको सभापतित्वमा भएको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन सुन्दर त्यात, सहभागी पुरुष तर्फ गोपी कृष्ण चाँगुभारी र महिला तर्फ लक्ष्मी देवी लधुले पनि बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here