खेलाडीहरुले देशको राजनीति बुझेर जनताको सेवा गर्नुपर्ने : प्रमुख प्रजापति

0
187

भक्तपुर, चैत ३ । भक्तपुर जिल्ला बक्सिङ संघको नियमित भेला एवम् बैठक भक्तपुर नगरपालिकका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा आइतवार सम्पन्न भयो ।
प्रमुख अतिथि प्रजापतिले जनताको सहयोगमा नेमकिपाको महाधिवेशन सभ्य र भव्य सम्पन्न भएको बताउनुहुदै देश र जनताको हितमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरु पास गरी सम्पन्न गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले हालसम्म आत्मनिर्भर भएर नै विकास निर्माण कार्य गरेको चर्चा गर्नुहुदै २०७२ सालको भुकम्पबाट क्षति भएकासम्पदा, मठमन्दिर, पार्टी पौवा पुनः निर्माण जनसहभागितामा सम्पन्न गरेको बताउनुभयो ।
खेलाडीहरुले पनि देशको राजनीति बुझेर देशको लागि नै खेल्नुपर्ने र जनताको सेवा गर्नुपर्ने कुरामा जोड दिदै प्रमुख प्रजापतिले पार्टीको घोषणापत्र अनुसार यस बर्ष अन्तरनगर जिम्नाइष्टिक प्रतियोगिता आयोजना गर्न लागेको समेत बताउनुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले नेमकिपाको आठौं महाधिवेशनले युवा परिचालन र खेलकुद बारे नीति तथा कार्यक्रमहरु बारे जानकारी लिन र युवाहरुलाई असल इमान्दार र देश र जनताको सेवामा समर्पित खेलाडी तयार गर्न साथै खेलकुदबाट देशको नाम अन्तर्राष्ट्रिय रुपमा फैलाउन सकोस भने हेतुले कार्यक्रम गरेको बताउनुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले बागमति प्रदेश बक्सिङ संघ नविकरण नहुँदा खारेज भएकोले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, हेटौडामा सदस्य सचिव भेटेर तदर्थ समिति बनाउन राजनीतिक प्रतिशोध साटेर काम गर्न नहुने आफुले बताएको जानकारी दिनुभयो ।
कार्यक्रममा सचिव साजन लघु र तुल्सीराम ग्वाछाले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here