सहकारी संस्थाको खर्बौँ रुपैयाँ ठगी गर्नेहरूको पासपोर्ट जफत गर्नुपर्ने

0
133

काठमाडौँ, चैत ३ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सहकारी संस्थाको खर्बौँ रुपैयाँ ठगी गर्नेहरूको पासपोर्ट जफत गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भन्नुभयाे- ‘सहकारीमा ४ खर्ब लगानी, स्रोतको छैन निगरानी’ भन्ने विषय सार्वजनिक भयो । नेपालका सहकारी संस्थाको खर्बौँ रुपियाँ जिल्ला, प्रदेश, महासङ्घ बनाएर सहकारी बैङ्क हुँदै साम्राज्यवादीहरूको सैन्य सङ्गठन नाटो देशहरूको हितमा गइरहेको पनि बाहिरियो । १७ हजार सङ्ख्याको सहकारी संस्था खारेज हुने पनि खुलासा भइरहेको छ । ती सहकारी संस्थाहरूमा बचतकर्ताहरूको ठगीमा परेका बचत कसरी फिर्ता हुने हो ? सरकारले स्पष्ट गर्नु जरुरी छ ।
सांसद सुवालले सम्बन्धित जिल्ला, प्रदेश, महासङ्घ र सहकारी बैङ्कका पदाधिकारीहरू तथा ठगीमा परेका सहकारी संस्थाका पदाधिकारीहरूको सम्पत्ति, लगानी र राहदानीसमेत जफत गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here