गुरु गणेश साकोसमा शिक्षा शिविर

0
151

भक्तपुर, चैत २ ।
गुरु गणेश बचत तथा ऋण सहकारी संस्थाको शिक्षा उपसमितिका संयोजक तुल्सी केशरी छुुंजुको संयोजकत्वमा यस आर्थिक बर्षमा भएका नयाँ सदस्यहरुलाई भेला गरी एक समारोहबीच सहकारीमा शिक्षा शिविर कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारीको मुल्य, मान्यता र सिद्धान्तबारे प्रस्ट्याउदैं शिक्षा शिविरमा सहकारीको आधारभुत जानकारी, वित्तिय साक्षरता, सहकारी संचालन र ब्यवस्थापन, व्यावसायिक तथा उद्यमशीलता विकास, जोखिम ब्यवस्थापन र बीमा योजना, डिजिटल वित्तिय सेवा र प्रविधि र सहकारीमा सदस्यहरुको सक्रिय सहभागिताबारे पनि बोल्नु भयो ।
सहकारीको पर्ल्श बिश्लेणबारे जानकारी राख्नु पर्ने भन्दैं सहकारी अध्यादेश २०८१ बारे बोल्दैं भुकम्प, कोरोना र आर्थिक मन्दिबाट गुज्रिएको अवस्थामा सहकारी दुब्नु र भाग्नुले सहकारी प्रति बिश्वास गुमेको बेला सहकारी अध्यादेशले समुदायमा आधारित सहकारीलाई बाध्ने काम बैक माफियाहरुको दलदलमा फसेको सरकारको काम भएको पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष कृष्णराम कासिछ्वाले सहकारीको सवल पक्ष, तालिम तथा कार्यक्रमको जानकारी गर्दै सहकारीको निक्षेप, ऋण, तरलता र सदस्यहरुको विवरण पेश गर्नु भएको थियो ।
स्वागत मन्तव्य दिदै उपाध्यक्ष श्रीप्रसाद प्रजापतिले सहकारीको स्थापनाकाल देखि हालसम्मको शेयर विवरण पेश गर्नु भएको थियो भने कोषाध्यक्ष तुल्सी केशरी छुंजुले सहकारीको आर्थिक विवरण, संस्थाका प्रबन्धक गौतम कुटुवाजूले सहकारीमा सदस्यता, बचत तथा ऋण्को ब्याजदर र ऋणको प्रक्रियाबारे थप प्रस्ट पार्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here