मध्यपुर थिमिमा ग्याँस सिलिण्डर लिक भइ आगलागी

0
192

भक्तपुर, चैत ३ । मध्यपुर थिमि नगरपालिका वडा नं ४ शंखधर चोकस्थित सनिश श्रेष्ठको दुनोट पसलमा ग्याँस सिलिण्डर लिक भइ आगलागी भएकाे छ । आगलागी हुँदा सो पसलसँगै रहेको यमविक्रम कार्कीले सञ्चालन गरेको कालिन्चोक मसला मिल र सिन्धुटप खाजा घरमा पनि आगो सल्किएर होटल, मिललगायतका पसलमा रहेका विभिन्न सरसामानहरु जलीनष्ट भएकाे छ । सोही पसलसँग जोडिएको सुहाना मोटरसाइकल वर्कशपमा समेत सामान्य क्षती भएको जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here