काठमाडौँ, चैत २ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले प्रकाशित गरेको सूचना अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो ।
शुक्रबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा ५, डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
अब नयाँ मुल्य अनुसार काठमाडौँमना पेट्रोलको मुल्य १६३, डिजेल तथा मट्टीतेलको मुल्य १५१ प्रति लिटर कायम भएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















