भक्तपुर, फागुन २९ । सूर्यबिनायक नगरपालिका वडा नं ५ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो गाडी तीव्र गतिको कारण अनियन्त्रित भएर हात्ति गौँडा अर्थात गुण्डुको छेडोमा दिउसो दुर्घटना भएको छ । दुर्घटनामा सुर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोखरेल,३५ वर्षका विवेक बस्नेत, २७ वर्षीय रूपा पन्त र २७ वर्षीय आशिष अछामी घाइते भएका छन्। घाइतेहरुको अहिले उपचार भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
1
+1


















