सत्य राम कासिछ्वा
चञ्चल मनलाई सन्तुलन राख्ने पर्व हो होली
रुप, रस गन्ध स्पर्श तथा ध्वनिको मन खोली
वर्ष दिनमा आउँछ रङहरुको चाड होली
दुख पाउँछ जनता, नेताहरुको फर्ने बोली
वसन्तको आगमनमा नाच्छन् चराचुरुङ्गी
जीवनको एक छाक मात्र मजदुरको जीन्दगी
उजाड र ठण्डापनको अन्त्यले वसन्तको शङ्खघोष
नयाँ पालुवा र विरुवा हुर्कँदै शान्तिको उद्घोष
हराभरा प्राकृतिक वातावरणमा रमणीय दृश्य
सबैतिर शान्ति र विकास मानव जीवनको लक्ष्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















