आज फागु पुर्णिमा, सार्वजनिक विदा

0
154

भक्तपुर । हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमालाई होली पूर्णिमा भनिन्छ । यो
हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो। होली रङहरूको चाड हो। फागुन महिनामा
मनाइने हुनाले यस चाडलाई फागु पूर्णिमा पनि भनिन्छ । फागुन शुक्ल अष्टमीको
दिन काठमाडौँको वसन्तपुर दरबारअगाडि चीर (विशेष रूपले सजाएको लिङ्गो)
गाढेपछि होली सुरु भएको मानिने फागु पर्व पूर्णिमाको राति उक्त चीरलाई ढालेर
जलाएपछि समाप्त भएको ठानिन्छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो।
यस पर्वको वर्णन नारद पुराण, भविष्य पुराणजस्ता प्राचीन ग्रन्थहरूमा पनि उल्लेख
गरिएको छ । यो पर्व प्राचीन समयका नास्तिक हिरण्यकश्यपु, तिनका छोरा प्रह्लाद
र बहिनी होलिकाको कथासँग जोडिएको छ । यस पर्वमा पहाडमा पूर्णिमाको दिन र
तराईमा भोलिपल्ट सार्वजनिक बिदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here