होलीमा इच्छा विपरीत रङ्ग दले कारवाही हुने

0
126

भक्तपुर, फागुन २७ । होलिमा इच्छा विपरित रङ्ग दल्नेलाई कारवाही हुने भएको छ । मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले भक्तपुरले सभ्य रुपमा होली मनाउन आग्रह गरेको छ ।
कसैको इच्छा विपरित फोहोर पानी वा केमिकल सहितको रङ्ग दल्ने/ छ्याप्ने,प्लाष्टिकको लोला हान्ने, बाटोमा हिड्ने व्यक्तिलाई अनावश्यक दुःख/ हैरानी दिने बाटो ढुकेर बटुवालाई जबरजस्ती रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुयाउने जस्ता अराजक, उच्छृङ्खल गतिविधि गरेमा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here