भक्तपुर, फागुन २३ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासे र साँगामा रहेका गृह लक्ष्मी भेराइटी स्टोर र सोहन स्टोरमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका करिब रु.३०,०००/- बराबरका अखाद्य वस्तुहरु जफत गरी नष्ट गरिएको छ । अनुगमनमा उद्योग तथा वाणिज्य कार्यालय, सूर्यविनायक नगरपालिका वडा ९ का जनप्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















