भक्तपुर, फाल्गुण २२ । नेपाल मजदुर किसान पार्टीको ८ औं अधिवेशनबाट नवगठित कार्य समितिले केन्द्रीय सचिवालय गठन गरेको छ । बुधबार बसेको पार्टीको कार्य समितिको पहिलो बैठकले केन्द्रीय सचिवालय गठन गरेको हो । नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेको अध्यक्षतामा बसेको सो बैठकले अध्यक्ष विजुक्छेको अध्यक्षतामा केन्द्रीय सचिवालय गठन गरेको छ ।
सचिवालयको सदस्यहरुमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल, कोषाध्यक्ष मोहन प्रसाद प्रजापति, सदस्य सुनिल प्रजापति र सदस्य नन्दबहादुर शाही रहनु भएको छ । केन्द्रीय समितिको बैठक नभएको बेला आवश्यक निर्णय गर्न अध्यक्ष विजुक्छेको अध्यक्षतामा केन्द्रीय सचिवालय गठन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1


















