भक्तपुर, फागुन २० । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनले अध्यक्षमा पुनः नारायणमान बिजुक्छें सर्वसम्मत निर्वाचित भएका छन् ।
पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक उनी पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । बिजुक्छेको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । जसमा २९ केन्द्रीय र ४ जना बैकल्पिक केन्द्रीय सदस्य रहेका छन् ।
महाधिवेशनले सातै प्रदेशमा प्रदेश संयोजकहरु समेत तोकिएको छ । जसमा बागमती प्रदेशमा प्रेम सुवाल र मधेश प्रदेशमा सुनिल प्रजापति संयोजक रहने गरि जिम्मेवारी दिएको छ भने कोशी प्रदेशमा उकेश कवां, गण्डकी प्रदेशमा डिल्लीप्रसाद काफ्ले, लुम्बिनी प्रदेशमा हरिसुन्दर बासी, कर्णाली प्रदेशमा सरोजराज गोसाइ, सुदूरपश्चिम प्रदेशमा नवराज कोइरालालाई प्रदेशको जिम्मेवारी दिएको पार्टी स्रोतले जनाएको छ ।
भक्तपुरमा फागुन १६ गते शुक्रवारदेखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो ।



















