नेपाल मजदुर किसान पार्टीको नयाँ नेतृत्व चयन आज

0
407

भक्तपुर, फागुन २० ।नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दै छ।
पार्टीको विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको छ भने आज नयाँ नेतृत्व चयन हुने छ।
महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै आज सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको बताइएको छ। महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन्।
अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो। पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक बिजुक्छेँलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here