Friday, May 9, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home शिक्षा अभिभावक संघ नेपालले शिक्षा विधेयकको विरोधमा दबावमुलक कार्यक्रम गर्ने

अभिभावक संघ नेपालले शिक्षा विधेयकको विरोधमा दबावमुलक कार्यक्रम गर्ने

ललितपुर, फागुन १५ । अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीको अध्यक्षतामा बसेको बैठकले शिक्षा विधेयकमा सरोकारवाला विद्यार्थीे, अभिभावक र विद्यालय शिक्षकहरुको हितमा नआएसम्म सम्बन्धित निकायमा दबावमुलक कार्यलाई अगाडि पढाउने निर्णय गरेको छ ।

अभिभावक महासंघ गठनको निमित्त अभिभावक संघ नेपालको पहलमा गठित अभिभावक महासंघ नेपाल तदर्थ समितिलाई हाल कायम राखेर गठन प्रकृया सकृय पूर्वक अगाडि बढाउन महासंघका संयोजक श्री सुप्रभात भण्डारीलाई जिम्मा दिएको छ भने नयाँ शैक्षिक सत्र सुरु हुन लागेको अवस्थामा काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला अध्यक्षहरुलाई सकृय बनाउन नियमित बैठक राख्ने साथै प्रदेश तथा जिल्ला कार्य समितिहरु गठन, पुनर्गठन कार्यलाई अगाडि बढाउने निर्णय भएको सह महासचिव रामकृष्ण प्रजापतिले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments