भक्तपुर, फागुन १५ । नेपाल क्रान्तिकारी महिला संघ २ वडा ब्यासी इकाई समितिको आयोजनामा फागुन १६,१७,१८ र १९ गते भक्तपुरमा हुने नेमकिपाको आठौं महाधिवेशन प्रचारार्थ सुकुन्दा र्याली सम्पन्न भयो ।
२ वडाको इटाछे टोलबाट सुरु भइ खौमा ,दरवार स्क्वायर , बालाखु ,ब्यासी र सानो ब्यासी पुगि र्याली सम्पन्न भएको थियो ।
सुकुन्दा र्याली शुरु हुनु पहिलेको सभामा भक्तपुर नपा वडा नं २ का अध्यक्ष हरि प्रसाद बासुकलाले नेमकिपाले देश जनताको निस्वार्थपुर्बक सेवा गरि समाजवादी आचरणलाइ व्यबहारमा लागू गरिरहेको बताउनु भयो |
कार्यक्रममा नेमकिपा २ वडा इकाइका अध्यक्ष गणेश प्रसाद सुवाल र महिला संघ नगर समितिका मन्जु लाखाले पनि बोल्नुभएको थियो ।
नेमकिपाको आठौं महाधिवेशन फागुन १६ गते सल्लाघारीस्थित खुल्ला चौरमा हुँदैछ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















