भक्तपुर, फागुन १५ । सुर्यविनायक स्थित एजे स्कूलको आयोजनामा यहीँ फागुन १७ गते हुने निःशुल्क वृहत स्वास्थ्य शिविर प्रचारार्थ बिहिबार विद्यालयले स्वास्थ्य शिविर प्रचारार्थ र्याली सम्पन्न गरेको छ ।
धिमे बाजा सहित सुरु भएको र्यालीमा विद्यार्थी तथा शिक्षकहरुले “स्वस्थ रहौं खुसी बनौं” भन्ने नारा बोकेको प्लेकार्ड बोकी सुर्यविनायक चोक—थापा पार्टी प्यालेस—सुन्दर बस्ती हुदै विद्यालयमा र्याली सम्पन्न भएको थियो ।
डा. इवामुरा मेमोरियल अस्पतालको प्राविधिक सहयोग रहने उक्त शिविरमा बाल रोग, स्त्री रोग, हाड जोर्नी, सामान्य चिकित्स, चिरफारको सेवा दिइने विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















