भक्तपुर, फागुन १० । उदय बचत तथा ऋण सहकारी संस्थाको बालबालिका उपसमितिकाे आयाेजनामा शनिबार २९ आैं स्थापना दिवसको अवसरमा बाल बचतकर्ताहरु बीच अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भयाे।
संस्थाका सचिव तथा बालबालिका उपसमिति संयोजक दिलप्रसाद प्रजापतिले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लेखनशैली तथा सीपलाई उजागर गर्ने उद्देश्य अनुरुप बाल बचत कर्ता लक्षित उक्त प्रतियोगिता संचालन गरेको जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट हस्तलेखन गर्ने बाल बचत कर्ताहरुलाई बैशाख महिनामा हुने बालबालिका भ्रमणमा पुरस्कार वितरण गर्ने संस्थाका व्यवस्थापक पुण्यराम गोसाईले जानकारी दिएका छन् । उक्त प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत ३० जना बाल बचतकर्ताहरुले सहभागिता जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
+1
+1
+1


















