स्वीकृतिबिना पञ्चाङ्ग, भितेपात्रो प्रकाशित गरे कारबाही हुने, स्वीकृति लिन २ हजारदेखि १० हजार तिर्नुपर्ने ।

0
155

काठमाडौं-फागुन ९ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति बिना पञ्चाङ्ग तथा भितेपात्रो प्रकाशित गरे कारबाही गर्ने भएकाे छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार समितिको स्वीकृति बिना पञ्चाङ्ग तथा क्यालेण्डर प्रकाशन गर्न नपाइने भएको हुँदा प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाहरूले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति लिएर मात्र प्रकाशन गर्न अनुराेध गरेकाे हाे ।

स्वीकृतिका लागि पञ्चाङ्ग निर्णायक विकास समिति सञ्चालन दिग्दर्शन २०७९ को दफा २५ को उपदफा २, ३, ४ अनुसार मूल्य राखी बिक्री वितरण गर्ने भित्तेपात्रोलाई रू.१०,०००/-, मूल्य नराखी वितरण गर्ने भित्तेपात्रोलाई रू.५,०००/- र शैक्षिक संस्थाले आन्तरिक प्रयोजनको लागि प्रकाशन गर्ने भित्तेपात्रोलाई रू.२०००/- तिर्नुपर्ने समितिले जनाएकाे छ ।

भित्तेपात्रो स्वीकृतिको लागि

भित्तेपात्रो स्वीकृतिको लागि अनलाइन प्रक्रिया

  • आफ्नो मोबाइलमा भएको बैंकिङ्ग एपबाट QR कोड स्क्यान गर्नुहोस् ।
  • Remarks मा आफ्नो मोबाइल नम्बर र भित्तेपात्रोको नाम टाइप गर्नुहोस् ।
    (जस्तैः 9841000000MeroCalendar)
  • आवश्यक शुल्क बुझाई Receipt डाउनलोड गर्नुहोस् ।
  • प्रकाशन अनुमति निवेदनको Scan Copy तयारी अवस्थामा राख्नुहोस् ।
  • तलको Link मा Click गरी अनलाइन फाराम भरेर बुझाउनुहोस् ।
  • https://npns.gov.np/calendar_approval
  • शुल्क तिरेको Voucher वा Receipt र प्रकाशन अनुमति निवेदन Upload गर्नुहोस् ।
  • अब तपाईँले Confirmation इमेल प्राप्त गर्नुहुनेछ ।
  • शुल्क तथा विवरण Verify भइसकेको २४ घण्टाभित्रमा तपाईँको इमेलमा चलानी नम्बर प्राप्त गर्नुहुनेछ । जुन विवरण भित्तेपात्रोमा उल्लेख गर्नुपर्नेछ ।

आवश्यक कागजात तथा जानकारीहरूः

  • गोजीपात्रो, भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति तथा संस्थाले प्रकाशन अनुमतिका लागि प्रयोजन खुलेको निवेदन
  • मोबाइल नम्बर, इमेल ठेगाना
  • शुल्क बुझाएको भौचर/Screenshot/Receipt को Copy
  • मूल्य निर्धारण भई प्रकाशित हुने भित्तेपात्रोलाई रू. १०,०००/-
  • मूल्य निर्धारण नगरी प्रकाशित हुने भित्तेपात्रोलाई रू. ५,०००/-
  • शैक्षिक संघ–संस्थालाई आन्तरिक प्रयोजन हुने भित्तेपात्रोलाई रू. २०००/–

नोटः

  • आफ्नो मोबाइल नम्बर तथा इमेल ठेगाना गल्ति नलेख्नुहोला ।
  • इमेल SPAM Folder मा पनि गएको हुन सक्छ, तसर्थ उक्त Folder पनि चेक गर्नुहोला ।
  • फाराम बुझाएको ४८ घण्टाभित्र चलानी नम्बर प्राप्त नभएमा शुल्क तिरेको विवरण सहित कार्यालयमा सम्पर्क गर्नुहोला ।

स्वीकृति लिन रु २०००/- देखि १०,०००/- सम्म तिर्नुपर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here